← फर्कनुहोस्

खाता र जानकारी मेटाउनुहोस्

पढ्दै खेल (ElevateCode Digital Pvt. Ltd.) मा अभिभावकले आफ्नो खाता र सबै बच्चाको जानकारी जुनसुकै बेला मेट्न सक्छन्। तल दुई तरिका छन्।

१. एपभित्रबाट (तुरुन्त)

  1. एप खोलेर अभिभावक PIN हाल्नुहोस् (🔒 अभिभावक)।
  2. तलतिर “खाता मेटाउनुहोस्” थिच्नुहोस्।
  3. फेरि PIN हालेर पुष्टि गर्नुहोस्।

एउटा बच्चाको मात्र जानकारी मेट्न: अभिभावक भागमा त्यो बच्चाको नाम सामुन्नेको “हटाउनुहोस्” थिच्नुहोस्।

२. इमेलबाट अनुरोध

फोन हराएको वा एप खोल्न नसकेको अवस्थामा यहाँ अनुरोध पठाउनुहोस्: elevatecodedigital@gmail.com

एपमा साइन इन गर्दा प्रयोग गरेको फोन नम्बर वा इमेल लेख्नुहोस्। खाता तपाईंकै हो भनी पुष्टि गरेपछि ३० दिनभित्र मेटिन्छ र हामी जानकारी दिन्छौँ।

✉️ इमेल अनुरोध पठाउनुहोस्

के मेटिन्छ?

अभिभावकको साइन-इन विवरण, बच्चाका प्रोफाइल (नाम, कक्षा, अवतार), सिकाइ प्रगति, तारा, स्टिकर, समय-प्रयोगको इतिहास र साप्ताहिक प्रतिवेदन डाटा। यो स्थायी हो र फर्काउन मिल्दैन।

गोपनीयता नीति · प्रयोगका सर्तहरू

© 2026 ElevateCode Digital Pvt. Ltd.